पूर्वमन्त्री रिजालद्वारा स्वास्थ्य चौकी र नाला निर्माणको शिलान्यास

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १४ चैत । जगरनाथपुर गाँउपालिका–५ धरमपुरमा स्वास्थ्य चौकी भवन र नाला निर्माण कार्यको बुधवार पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य रमेश रिजालले शिलान्यास गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका रिजालले ४५ लाख रुपियाँँको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गर्न थालिएको बताए ।
गापा अध्यक्ष श्रीकान्त यादवले मधेस प्रदेश सरकारको २५ लाख र जगरनाथपुर गाँउपालिकाको २० लाख गरी कूल ४५ लाख रुपियाँको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको बताए । यस्तै प्रदेश सरकारले दिएको ५० लाख र गाँउपििालकाको ९ लाख गरी कूल ५९ लाख रुपियाँँको लागतमा ३ सय १५ मिटर लम्बाईको पक्की नालाको निर्माणपनि गर्न लागिएको यादवले जानकारी दिए । स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समिति मार्पmत गर्न लागिएको उनले बताए ।
गाउँँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिहारी महतो नुनिया, कांग्रेस नेता प्रेम थापा, शिक्षाप्रैमी लालदेव यादव लगायतको पनि उपस्थिति रहेको कांग्रेसका युवा नेता मन्जय गिरिले जानकारी दिए ।
सम्बन्धित पोस्टहरुः