search

spot_img
spot_img

२७ जना भारतीय आश्रितहरूलाई घर पठाइयो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ कात्तिक । मानवसेवा आश्रम वीरगंजले भारतीय २७ जना आश्रितलाई घर पठाएको छ । मानवसेवा आश्रमका स्वयंसेवक भोला चौलागाईंको नेतृत्वमा स्वयंसेवकहरूको पाँच सदस्यीय टोलीले गाडीमा राखेर भारत, बिहारको छपरा, वैशाली, उत्तर प्रदेश, उडिसा, आन्ध्र प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, तेलङ्गानालगायत राज्यमा पठाएको मानवसेवा आश्रम वीरगंजले जनाएको छ ।
मङ्गलवार साँझ वीरगंज–२५ श्रीसियास्थित मानवसेवा आश्रममा कार्यक्रम आयोजना गरी वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत देवी सहाय मीणाको प्रमुख आतिथ्यमा स्वास्थ्य अवस्था ठीक भएका छजना महिलासहित २७ जना आश्रितलाई घर पठाइएको हो ।
विभिन्न समयदेखि देशभरिमा उद्धार गरी विभिन्न मानवसेवा आश्रममा राखेर उपचार गरीए उनीहरूमा चेतना आइसकेको तथा स्वास्थ्य अवस्था ठीक भएका कारण भारत पठाउने निर्णय भएको थियो । नेपालका धनगढी, नेपालगंज, बागलुङ, पोखरा, हेटौंडा, काठमाडौं, सर्लाही, वीरगंजलगायत स्थानबाट मनोरोगीहरूलाई उद्धार गरी आश्रम राखी उपचार गरिएको थियो ।
बिदाइ कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, सामाजिक अभियन्ता प्रकाश थारू, कमल चौगाईं, मानवसेवा आश्रम मधेस प्रदेशका संयोजक दिवेश मानवसेवालगायतको सहभागिता थियो ।
भारत पठाइएका पाँच सदस्यीय टोलीमा सुमन बर्तौला, पदमप्रेमी मगर, नीता केसी, समीक्षा बस्नेत, करण मानवसेवा रहेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगंज महानगरद्वारा होटल व्यवसायीसँग अभिमुखीकरण

वीरगंज, ६ असार । वीरगंज महानगरले होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरूसँग शुक्रवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर