आज विजयादशमी, बिहान १०:२६ बजे टीकाको उत्तम साइत

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ४ –

नेपालीको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। आजको दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गरी दसैँ मनाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिन्छ। साइतमै टीका लगाउन चाहनेका लागि भने बिहान १०ः२६ बजेको समय उत्तम मानिएको छ।

विजयादशमीमा परिवार तथा आफन्तजनबीच भेटघाट गरी ठूलाबडाबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ। यस पर्वले पारिवारिक एकता, आपसी सद्भाव र सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउने विश्वास गरिन्छ।

सम्बन्धित पोस्टहरुः