सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन १९ —

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित पोस्टहरुः