बिहारमा प्रशान्त किशोर अगाडि, गुजरातमा भाजपाको जित निश्चितजस्तै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन १९ —

भारतको बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा जुलाई ३० मा भएको उपनिर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजामा बिहारमा जन सुराजका संस्थापक प्रशान्त किशोर, मध्य प्रदेशमा कांग्रेस र गुजरातमा भारतीय जनता पार्टी (भाजपा) अग्रस्थानमा देखिएका छन्।

बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा ३१ मध्ये २२ चरणको मतगणना सकिँदासम्म प्रशान्त किशोरले ४४ हजार ५२५ मत प्राप्त गर्दै भाजपा उम्मेदवार नीरज कुमार सिन्हाभन्दा १२ हजार ८०९ मतले अग्रता बनाएका छन्। आरजेडीकी रेखा कुमारी तेस्रो स्थानमा छिन्।

मध्य प्रदेशको दतिया क्षेत्रमा सुरुआतमा भाजपा अगाडि रहे पनि पछिल्ला चरणमा कांग्रेस उम्मेदवार घनश्याम सिंहले करिब ९ हजार मतको अग्रता कायम गरेका छन्।

गुजरातको मञ्जलपुर विधानसभा क्षेत्रमा भने भाजपाका सतेन्द्रभाई (सतीश) पटेल २४ हजारभन्दा बढी मतले अगाडि रहेकाले उनको जित लगभग निश्चित मानिएको छ।

निर्वाचन आयोगमा पेश गरिएको विवरणअनुसार प्रशान्त किशोर १९७ करोड ९९ लाख भारतीय रुपैयाँ सम्पत्तिसहित यस उपनिर्वाचनका सबैभन्दा धनी उम्मेदवार हुन्। यद्यपि, उनको नाममा कुनै निजी कार नरहेको उल्लेख गरिएको छ।

यसैबीच, तीनै क्षेत्रमा अघिल्लो विधानसभा निर्वाचनको तुलनामा मतदान प्रतिशत घटेको देखिएको छ।

सम्बन्धित पोस्टहरुः