रसुवा बाढीपीडितका लागि सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख सहयोग गर्ने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ ११ —

रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट रु. ५ लाख सहयोग गर्ने घोषणा गरेका हुन्।

बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको हो।

अध्यक्ष यादवको घोषणालाई विपद्को समयमा पीडितप्रति स्थानीय तहबाट गरिएको मानवीय सहयोगका रूपमा लिइएको छ।

सम्बन्धित पोस्टहरुः