पर्सा , मङ्सिर ११ –
राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई अर्को नियुक्ति नभएसम्मका लागि कोशी प्रदेश प्रमुखको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी तोक्नुभएको छ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले कर्णलाई कोशी प्रदेशको समेत जिम्मेवारी दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभएको हो।
यसअघि कोशी प्रदेश प्रमुख रहेका पर्शुराम खापुङले पाँच वर्षे कार्यकाल पूरा गरी गत कात्तिक २३ गते पदबाट बिदा हुनुभएको थियो। नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म कर्णले मधेश र कोशी दुवै प्रदेशको जिम्मेवारी सम्हाल्नेछन्।






