पावरहाउसको दुर्घटना: मृत्यु हुनेको सनाखत

1200x150_1200x150-01.jpg (1)

प्रस,परवानीपुर,१० मंसिर –  वीरगंज–१३ पावरहाउसस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अगाडि बुधवार अपरान्ह ३ बजेर २० मिनेटमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको व्यक्तिको सनाखत भएको छ ।

मृत्यु हुनेमा हेटौडा–१५ रातोमाटेका ४५ वर्षिय रुपचन तितुङ् रहेका छन् । यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यालयको कामले आइरहेको बेला उनी सवार मोटरसाइकललाई पछाडीबाट भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ उनी गम्भीर घाइते भई उपचारको लागि बारा,परवानीपुर,–५ बहुअरीस्थित एलएस न्यूरो हस्पिटलमा लैजादा साढे ३ बजे उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । त्यसपछि पर्सा प्रहरी शव नारायणी अस्पतालमा पोस्टमार्टको लागि शव राखेर शवको सनाखतमा जुटेको थियो ।

घरपरिवारका आफन्तजनले बिहीवार राति ७ बजे सम्म पनि प्रतिक्षा गर्दा भारतीय ट्रकका सञ्चालक वा प्रतिनिधि नहुदाँ क्षतिपुर्ति र अन्य कागजी सहमति नहुदाँ शव परिवारजनले बुझेका छैनन् । मृतकका दाई जयबहादुर तितुङले एक घण्टामा आईरहेका छन् तर हाल सम्म नआउँदा आफुहरु निके नै निराश भएको बताए ।

पर्सा प्रहरीले ट्रकका ट्रान्सपोर्टका प्रतिनिधिलाई नियन्त्तणमा लिएर समस्या समाधान गर्नू पर्ने बताएका छन् । यस विषयमा पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले भारतीय पक्षलाई जानकारी गराइसकेको र उनीहरु आइरहेको जानकारी पाएकोले केही ढिलाई हुन सक्ने बताए । भारतीय पक्ष आएपछि कानुन बमोजिमको को वार्तामार्फत निकास खोज्ने तयारी रहेको बताए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः