बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ११ —

प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रमा स्थलगत निरीक्षणका लागि आज बिहान प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहान ९ः३० बजे विदुरतर्फ प्रस्थान गरेको उनका राजनीतिक सल्लाहकार अशिम शाहले जानकारी दिएका छन्।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने जनाइएको छ।

बाढीबाट प्रभावित नागरिकको अवस्था, क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको निरीक्षण गर्दै तत्काल आवश्यक कदम चाल्ने विषयमा समेत प्रधानमन्त्रीले जानकारी लिने बताइएको छ।

सम्बन्धित पोस्टहरुः