वीरगंज , भदौ ११ —
रसुवामा आएको भीषण बाढीपछि मधेस प्रदेशका पर्सा, बारा, धनुषा र महोत्तरीका कम्तीमा ६ जना सम्पर्कविहीन भएका छन्।
पर्साका विशाल तिमिल्सिना र दिलीप यादव, बाराका रमेशकुमार यादव र सुदीप मण्डल, धनुषाका अजयकुमार सिंह तथा महोत्तरीका विकास यादव बाढीपछि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ।
सम्पर्कविहीनमध्ये केही नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् आयोजनामा कार्यरत रहेका छन्। परिवारका अनुसार कतिपयको मोबाइल फोनसमेत बन्द रहेको छ।
रसुवामा सञ्चार तथा यातायात सम्पर्क प्रभावित भएकाले उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।
परिवारजनले सम्बन्धित निकायसँग तत्काल खोजी तथा उद्धारका लागि आग्रह गरेका छन्।






