शाहबुद्दीनविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज– नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति मोहम्मद शाहबुद्दीनविरुद्ध प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले शाहबुद्दीनविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी म्याद थपका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले उनीमाथि अनुसन्धान जारी राख्न प्रहरीलाई ७ दिनको म्याद अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) चक्र बहादुर मल्लले बताए।

बुधबार वीरगन्ज महानगरपालिकाको छपकैयामा झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच विवाद भई झडप भएको थियो। झडपका क्रममा शाहबुद्दीनले आफ्नै घरबाट सर्वसाधारण र स्थिति नियन्त्रणमा खटिएका सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएको थियो।

प्रहरीले शाहबुद्दीनलाई नियन्त्रणमा लिई म्याद थप गरेर घटनाको थप सूक्ष्म अनुसन्धान अगाडि बढाएको छ। हाल त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ राखी सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।

सम्बन्धित पोस्टहरुः