पर्सा , कार्तिक १३ —
नेपाल प्रेसको न्यूज रुमबाट पक्राउ परेका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ । उनलाई केहीबेरअघि ब्यूरोले छाडेको हो ।
प्रहरीले सुवेदीलाई पक्राउ गरी नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिएको थियो । यसक्रममा नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्यूरोमा बोलाएर सोधपुछ गरिएको थियो ।
प्रधान सम्पादक पौडेलले समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि प्रहरीले सुवेदीलाई रिहा गरेको हो । पौडेलले भने समाचारको स्रोत खुलाउन अस्वीकार गरेका छन् ।






