फेटा गोलीकाण्ड : पासवानलाई परिवारसँग भेट्न दिइएन

1200x150_1200x150-01.jpg (1)

बारा । बाराको फेटामा प्रहरीको गोली लागेर घाइते भएका १४ वर्षीय आदित्य पासवानलाई परिवारजनसँग भेट्न नदिइएपछि उनको अवस्थाबारे गम्भीर आशंका उत्पन्न भएको छ।

आफ्नो छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खोज्दा समेत भेट्न नदिइएको भन्दै परिवारजन तथा स्थानीयवासीले प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन्।
माहोल शान्त पार्ने प्रयास भइरहेको भए पनि घाइते बालकको वास्तविक अवस्था सार्वजनिक नगरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
परिवारजन तथा स्थानीयले आदित्यको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन, परिवारलाई भेटघाटको व्यवस्था गर्न र घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः