बालेन सरकार इण्डिया र चाइनाकार्डमा विश्वास राख्दैन– सांसद पन्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज । प्रतिनिधिसभा सदस्य हरि पन्तले वर्तमान बालेन सरकारले इन्डिया र चाइनाकार्डमा विश्वास नराख्ने बताएका छन् ।

आइतवार भारतीय महावाणिज्य दूतावासद्वारा वीरगंज नगरसभागृहमा आयोजित भारतिय राष्ट्रिय गीत ‘वन्दे मातरम’ को १५०औं बार्षिकोत्सवमा आयोजित सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै रास्वपा पर्साका सभापतिसमेत रहेका सांसद पन्तले नेपाल–भारत सम्बन्ध विशिष्ट रहेकोले नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिएको बताए ।

उनले नेपाल र भारत दुवै देशको थुप्रै साझा धार्मिक धरोहर र चाड पर्वले आपसी सम्बन्धलाई जीवन्त राखेको बताए ।

भारतीय महावाणिज्यदूत देव सहाय मीनाको अध्यक्षतामा सम्पन्न विशेष साङ्गितीक समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद नयाँ दिल्लीबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले साङ्गितीक प्रस्तुती दिका थिए ।

कार्यक्रममा महाबाणिज्यदूत मीनाले भारतको राष्ट्रिय गीत ‘बन्दे मातरम’ माथि प्रकाश पारेका थिए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः