सुनचाँदीको मूल्यमा भारी गिरावट

1200x150_1200x150-01.jpg (1)

काठमाडौं/आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । यसदिन सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेको हो।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार कायम भएको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८० हजार ३०० पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ। यसदिन प्रतितोला चाँदी ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार सोही परिमाणको चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः