पर्सा , कात्तिक १७ —
पोखरिया वितरण केन्द्रअन्तर्गत फिडर नम्बर २ र सेढवा सबस्टेसनबाट सञ्चालित ठोरी फिडरमा रुखका हाँगा काट्ने (बुस कटिङ) कार्य गर्नुपर्ने भएकाले मंगलबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
पोखरिया वितरण केन्द्रका अनुसार २०८३ कार्तिक १७ गते मंगलबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
यस अवधिमा जगरनाथपुर गाउँपालिकाका चिलझपटी, जमुनिया, जगरनाथपुर, सुहपुर, सोहरी, हरपुर र मसियानी; धोबिनी गाउँपालिकाका भिखमपुर र जानकीटोला; छिपहरमाई गाउँपालिकाका आसवारी, भलुवहिया र मिर्जापुर तथा ठोरी गाउँपालिकाको रामनगरदेखि चौतारासम्म विद्युत् सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना गरेको छ ।







