रूखबाट लडेर बारामा ६४ वर्षीय वृद्धको मृत्यु

1200x150_1200x150-01.jpg (1)

बारा , कार्तिक १८ –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन् । प्रहरीका अनुसार बुधबार बिहान करिब ८ः१० बजे आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रूखमा चढेर घाँस काट्ने क्रममा उनी अचानक लडेका थिए ।

रूखबाट लडेर घाइते भएका थिङलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८ः४९ बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी औराहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमान्डमा सोकोसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थल मुचुल्का तयार गरी बिहान ९ः३७ बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः