परवानीपुरमा दोस्रो वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सुरु

1200x150_1200x150-01.jpg (1)

बारा, मंसिर १७ –

बाराको परवानीपुर गाउँपालिका–२ रामपुर टोकनीमा दोस्रो वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा वडा नं. १ स्थित बुनियाद क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, वडा नं. २ का वडा अध्यक्ष महमदनुरुल होदा अंसारी, खेलप्रेमी, खेलाडी, कर्मचारी तथा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सुरुवात गाउँपालिका अध्यक्ष कुर्मी, प्रमुख प्रशासकीय अधिकृत राय र वडा अध्यक्ष अंसारीले बलिङ तथा ब्याटिङ गरेर गरेका थिए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः