आजदेखि तिहार शुरु, पहिलो दिन धनतेरस र यमदीपदान मनाइँदै

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २० –

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ।

विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलित धनतेरस पछिल्ला वर्षमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ। यस दिन साँझ घरघरमा दीप प्रज्वलन गरी नयाँ धातुका भाँडाकुँडा, सुनचाँदी तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ।

धनतेरससँगै आज यमदीपदान पनि गरिन्छ। यस वर्ष कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइनेछ भने कात्तिक २३ गते गाईपूजा हुनेछ।

त्यस्तै, कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ।

तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः