मधेश सरकारबाट बाहिरिने तयारीमा नेकपाका चार मन्त्री

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २० –

मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार मन्त्री सरकारबाट बाहिरिने तयारीमा जुटेका छन्।

नेकपा संसदीय दलको भर्चुअल बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले बताएका छन्। बैठकपछि चारै मन्त्रीले केहीबेरमै मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

राजीनामा दिने तयारीमा रहेका मन्त्रीहरूमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन्।

गत असोज ३० गते एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको थियो। सरकारलाई विश्वासको मत लिन अब आठ दिन मात्रै बाँकी रहेको छ।

यसैबीच, एमाले संसदीय दलका नेता सरोजकुमार यादवले केन्द्रमा तीन दलका शीर्ष नेताबीच नयाँ सत्ता समीकरण बनेको दाबी गरेका छन्। तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने उक्त दाबीको खण्डन गरेका छन्। जसपाभित्र पनि नयाँ समीकरणबारे छलफल भइरहेको दाबी सार्वजनिक भएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः