स्वतन्त्र पत्रकारितामा आँच आउने काम हुन हुँदैन : प्रधानमन्त्री कार्यालय

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २० –

प्रधानमन्त्री कार्यालयले स्वतन्त्र पत्रकारितामा आँच पुग्ने कुनै पनि गतिविधि हुन नहुने भन्दै सरकार यस विषयमा दृढ रहेको जनाएको छ।

प्रधानमन्त्री कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले सरकार स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताए ।

हालै पत्रकार पक्राउ तथा धरपकड गरिएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले  भने , “कुनै पनि हिसाबले स्वतन्त्र पत्रकारितामा आँच आउने खालको काम हुन हुँदैन भन्ने कुरामा हामी दृढ छौँ।”

यसैबीच, प्रवक्ता अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिए। प्रधानमन्त्रीको भारत भ्रमणसम्बन्धी थप विवरणका लागि भने उनले परराष्ट्र मन्त्रालयसँग जानकारी लिन आग्रह गरे ।

भर्खरै

सम्बन्धित पोस्टहरुः