छठसम्म श्रीसिया नदी र आसपासका उद्योगको दैनिक अनुगमन गरिने

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २६ –

वीरगंजमा छठ पर्वलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन श्रीसिया नदी तथा आसपासका उद्योगहरूको संयुक्त अनुगमन गरिएको छ।

पर्सा र बारा जिल्लाका प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ तथा वीरगञ्ज महानगरपालिकाका प्रतिनिधिसहितको टोलीले नदीको अवस्था र उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानीको व्यवस्थापनबारे स्थलगत निरीक्षण गरेको हो।

अनुगमनपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले छठ पर्व सम्पन्न नभएसम्म श्रीसिया नदी र आसपासका उद्योगहरूको दैनिक अनुगमन गरिने जानकारी दिएका छन्।

उनले नदीको स्वच्छता कायम राख्न उद्योगहरूलाई वातावरणीय मापदण्ड पालना गराइने बताए।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायत पर्सा र बाराका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागिता रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः