इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा आगलागी हुँदा ३१ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर १० –

इजिप्टको गिजा क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

रोयटर्सका अनुसार अल–वार्राक जिल्लास्थित रिङ रोडको सुरुङमाथि ट्याङ्कर पल्टिएपछि सडकमा पेट्रोलियम पदार्थ पोखिएर आगलागी भएको थियो। आगलागीमा कार र मोटरसाइकलसहित २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन्।

मृतकको पहिचान खुलाउन अभियोजन कार्यालयले शवबाट डीएनए नमूना सङ्कलन गर्न आदेश दिएको छ।

इजिप्टमा तीव्र गति, ट्राफिक नियमको कमजोर कार्यान्वयन र सडकको खराब अवस्थाका कारण दुर्घटना हुने गरेका छन्। सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा सडक दुर्घटनाबाट ५ हजार ८२९ जनाको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षभन्दा १० दशमलव ८ प्रतिशत बढी हो।

भर्खरै

सम्बन्धित पोस्टहरुः