बाराको धागो उद्योगमा आगलागी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो उद्योगमा बिहीबार बिहान आगलागी भएको छ।

बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुर, इलाका प्रहरी कार्यालय सिमरा, सशस्त्र प्रहरी तथा स्थानीयवासी घटनास्थलमा खटिएका छन्।

आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगंज र वीरगंज महानगरपालिकाका गरी पाँच वटा दमकल परिचालन गरिएको छ।

प्रहरीका अनुसार समाचार तयार पार्दासम्म आगो निभाउने प्रयास जारी रहेको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः