हरि खेतान क्याम्पसमा स्वागत तथा परिचय कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पस सभाहलमा आयोजित कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरि प्रसाद गौतम, सदस्य सचिव किशोरी राय तथा सल्लाहकार जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे जानकारी गराइएको थियो। साथै शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो।

वक्ताहरूले हरि खेतान बहुमुखी क्याम्पसलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा सहभागी पदाधिकारीहरूले क्याम्पसको समग्र विकास र शैक्षिक सुधारका लागि प्रतिबद्धतासहित काम गर्ने बताएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः