परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा, रवि लामिछाने स्वदेश फर्किँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

परराष्ट्रमन्त्री शिशिर खनाल आज दिउँसो औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन।

भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल तीन दिने औपचारिक भ्रमणमा गएका हुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थानअघि उनले देशका प्राथमिकता र आपसी चासोका विषयमा भारतसँग विस्तृत छलफल हुने बताए।

भ्रमणका क्रममा उनेले भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने छन। छलफलमा नेपाल–भारत सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आपसी सहयोगका विषय समेटिने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ।

यसैबीच, भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै छन ।

फर्किनुअघि उनि बिहान अयोध्या पुगेका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशङ्कर तथा भाजपा नेताहरूसँग भेटवार्ता गरेको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः