विश्वकपको नकआउटमा आज तीन खेल हुँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १६ —

फिफा विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत आज राति तीन रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा राति पौने ११ बजे अमेरिकाको डालासमा आइभरी कोस्ट र नर्वे आमनेसामने हुनेछन्। समूह ‘ई’ को उपविजेता आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो भने समूह ‘आई’ को उपविजेता नर्वेसँग उसको पहिलो भेट हुनेछ।

भोलि बिहान पौने ३ बजे उपाधि दाबेदार फ्रान्सले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स समूह ‘आई’ को विजेता बन्दै अघि बढेको हो भने स्वीडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा पुगेको हो।

यस्तै भोलि बिहान पौने ७ बजे मेक्सिको सिटीमा मेक्सिको र इक्वेडरबीच खेल हुनेछ। विश्वकपमा यी दुई टोली दोस्रो पटक भिड्न लागेका हुन्। सन् २००२ को विश्वकपमा मेक्सिकोले इक्वेडरलाई २–१ गोलले पराजित गरेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः