वीरगंज, असार १६ —
जर्मनीको एक कल्याण केन्द्रमा गोली प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ। प्रहरीले पारिवारिक विवादका कारण ४५ वर्षीय एक पुरुषले गोली चलाएको जनाएको छ।
प्रहरीका अनुसार तीन महिनाकी छोरीको अभिभावकत्वसम्बन्धी विवादका कारण भएको घटनामा चार महिला र दुई पुरुषको ज्यान गएको छ। मृत्यु हुने सबै कल्याण केन्द्रका कर्मचारी रहेका छन्।
घटनाका बेला तीन महिनाकी शिशु र उनकी आमा केन्द्रभित्रै भए पनि उनीहरू सकुशल रहेका छन्। प्रहरीले घटनामा संलग्न मुख्य आरोपीसहित तीन जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।







