आईएमडीबीको सूचीमा ‘रामायण पार्ट १’ शीर्षमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १६ —

सन् २०२६ को दोस्रो अर्धवार्षिकमा प्रदर्शन हुने भारतीय फिल्ममध्ये सबैभन्दा बहुप्रतीक्षित फिल्मको रूपमा निर्देशक नितेश तिवारीको ‘रामायण पार्ट १’ आईएमडीबीको ‘मोस्ट एन्टिसिपेटेड इन्डियन मुभिज’ सूचीको पहिलो स्थानमा परेको छ।

आईएमडीबीले जनवरी १ देखि जुन २८ सम्म आफ्ना मासिक २५ करोडभन्दा बढी प्रयोगकर्ताले गरेका पृष्ठ अवलोकन (पेज भ्यु) का आधारमा दोस्रो अर्धवार्षिकमा प्रदर्शन हुने २० भारतीय फिल्मको सूची सार्वजनिक गरेको हो। सूचीमा हल तथा स्ट्रिमिङ प्लेटफर्ममा प्रदर्शन हुने पुष्टि भएका फिल्महरूलाई समावेश गरिएको छ।

‘रामायण पार्ट १’ मा रणवीर कपुर भगवान् राम र यश रावणको भूमिकामा देखिनेछन्। यश अभिनीत अर्को फिल्म ‘टक्सिक’ सूचीको तेस्रो स्थानमा परेको छ। आलिया भट्ट अभिनीत ‘अल्फा’ दोस्रो र शाहरुख खान अभिनीत ‘किङ’ चौथो स्थानमा छन्।

त्यसैगरी अजय देवगनको ‘धमाल ४’ पाँचौं तथा ‘दृश्यम ३’ छैटौं स्थानमा परेको छ। सन्नी देओल अभिनीत ‘इक्का’ १२औँ स्थानमा रहँदा ‘मिर्जापुरः द मुभी’ आठौं स्थानमा परेको छ। ‘इक्का’ सूचीमा प्रत्यक्ष स्ट्रिमिङमार्फत सार्वजनिक हुने एकमात्र फिल्म हो।

यस वर्षको सूचीमा पाँच भाषाका फिल्म समावेश छन्। जसमा १२ हिन्दी, चार तमिल, दुई मलयालम, एक तेलुगु र एक कन्नड भाषाका फिल्म रहेका छन्। अभिनेता अनिल कपुर पनि ‘अल्फा’ र ‘किङ’ गरी दुई फिल्ममार्फत सूचीमा परेका छन्।

आईएमडीबीको सूचीमा ‘विश्वनाथ एन्ड सन्स’, ‘हैवान’, ‘ईथा’, ‘आवारापन २’, ‘अरासन’, ‘खलिफा’, ‘आइ एम गेम’, ‘रणबाली’, ‘शक्ति शालिनी’, ‘इधयम मुरली’, ‘सिग्मा’ र ‘भ्वान–फोर्स अफ द फरेस्ट’ समेत स्थान बनाउन सफल भएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः