भोटेकोशी बाढी अपडेट : ३३९ शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ११ —

रसुवाको भोटेकोशीमा आएको बाढीपछि हालसम्म विभिन्न जिल्लाबाट ३३९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

बाढीपछि २८ जना प्रहरी कर्मचारीसमेत हालसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्यका लागि बाढी प्रभावित क्षेत्रमा ८ हजार ३८७ जना प्रहरी परिचालन गरिएको छ।

यस्तै, काठमाडौंका विभिन्न अस्पतालमा बाढी प्रभावित ६३ जना उपचाररत रहेको प्रहरीको अपडेटमा उल्लेख छ।

त्रिवि शिक्षण अस्पतालमा ३१, ग्रान्डी अस्पतालमा १, मनमोहन मेमोरियल अस्पतालमा १, नर्भिक अस्पतालमा २, वीर अस्पतालमा २, ट्रमा सेन्टरमा २२, ग्रिन सिटी अस्पतालमा १, मनमोहन अस्पतालमा २ र वीरेन्द्र सैनिक अस्पतालमा १ जना उपचाररत छन्।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः