काठमाडौं — भारतका पूर्वक्रिकेटर युवराज सिंहले नेपालमा हालै आएको बाढी र त्यसले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बीबीसी न्यूज हिन्दीसँग कुरा गर्दै उनले नेपालमा आएको बाढीले कल्पना गर्नै नसकिने किसिमको तबाही मच्चाएको बताएका छन्। बाढीका कारण प्रभावित भएका सबै परिवारप्रति समवेदना प्रकट गर्दै उनले विशेषगरी अझै पनि आफ्नो प्रियजनको खोजीमा रहेका र उनीहरूको प्रतीक्षा गरिरहेका परिवारहरूप्रति विशेष सहानुभूतिक eव्यक्त गरेका छन्।
पूर्वक्रिकेटर सिंहले कठिन परिस्थितिहरूमा पनि जुध्न सक्ने नेपालीहरूको दृढ हिम्मत र साहसले नै यो संकटको घडीबाट बाहिर निस्कन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।







