फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा फारूक पक्राउ

1200x150_1200x150-01.jpg (1)

रौतहट , कार्तिक ४ –

सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरिएको सामग्री सार्वजनिक गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका–५ का उमर फारूक पक्राउ परेका छन्।

स्थानीय ओसी मोहम्मदका छोरा अन्दाजी २५ देखि ३० वर्ष उमेरका फारूकलाई मंगलबार इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले पक्राउ गरेको हो। वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडामा बुझाएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकरप्रसाद आचार्यले फारूक पक्राउ परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्राप्त विवरणअनुसार, फारूकले केही समयअघि आफ्नो फेसबुक खातामा हतियार प्रदर्शन गरिएको तस्बिर वा सामग्री सार्वजनिक गरेका थिए। उक्त सामग्रीका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

हालसम्म उक्त हतियार वास्तविक वा नक्कली के हो, त्यसको स्वामित्व कसको हो तथा त्यसका लागि आवश्यक कानुनी अनुमति भए–नभएको विषयमा आधिकारिक विवरण सार्वजनिक भएको छैन। प्रहरीले घटनासँग सम्बन्धित थप तथ्य अनुसन्धानपछि स्पष्ट हुने जनाएको छ।

फारूक पक्राउ परे पनि उनीमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ।

सम्बन्धित पोस्टहरुः