वडाध्यक्ष यादवले कानूनविपरीत निजी भौतिक संरचना भत्काए

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ९ कात्तिक । निजी जग्गाको विषयमा दुई पक्षबीच पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको र सोको फैसला नभइसकेको अवस्थामा वीरगंज–१५ का वडाध्यक्ष लगायतका व्यक्तिहरुले सो जग्गामा निर्माण भएको भौतिक संरचनाहरु तोडफोड गर्नुका साथै जग्गाधनी प्रियंका सर्राफलाई घाइते बनाएका छन् ।

आज बिदाको दिन वीरगंज–१५ ब्रह्मचोकमा वडाध्यक्ष रमेश यादव लगायतको दर्जनौं व्यक्तिहरु पुगेर गुण्डाशैलीमा जग्गाधनी प्रियंका सरार्फलाई घाइते बनाउनुको साथै उनको जग्गाा निर्माण गरिएको कम्पाउण्डवाल र टहराहरु भत्काएको बताइन्छ ।

पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको र छिनोफानो नभइसकेको अवस्थामा तथा वीरगंज महानगरपालिकाले समेत अग्रीम सूचना नदिएको अवस्थामा वडाध्यक्ष यादवको मौखिक आदेशमा कानूनविपरीत गई आज बिदाको दिन घर भत्काउनुको साथै आफूलाई घाइते बनाएको प्रियंका सर्राफले आरोप लगाइन् ।

उनले आफूले जग्गाको नक्शा बमोजिम आफूले भौतिक संरचना बनाएको बताउँदै उनले भौतिक संरचना भत्काउनुपूर्व कुनै आदेश अथवा पूर्वसूचना नआएको बताएपछि वडाध्यक्ष्F यादवले आफूले बोलेको कुरा नै आदेश भएको बताए । वडाध्यक्ष्F यादव र उनका आसेपासेहरुले आफूलाई दुव्र्यवहार गरेपछि हातमा चोटपटक समेत लागेको बताइन् ।

वीरगंज–१५ ब्रह्मचोक निवासी प्रियंका सर्राफ र वीरगंज–१२ मुर्ली निवासी पारस साह कानूबीच ब्रह्मचोकमा रहेको १२.५ धुर निजी जग्गासम्बन्धी विवाद पर्सा जिल्ला अदालतमा चलिरहेको र सोको फैसला समेत नभइसकेको अवस्थामा वडाध्यक्ष यादव, नगर प्रहरी, जग्गाधनीका दर्जनौं मानिसहरु गुण्डागर्दी शैलीमा जग्गामा पुगेर कुनै सूचना नदिई कम्पाउण्डवालमा बनेका संरचनाहरु भत्काउनुका साथै आफूलाई दुव्र्यवहार गरेको र सो क्रममा हातमा चोट लागेको बताइन् । उनले वडाध्यक्ष्Fको यसप्रकारको गुण्डागर्दी शैलीको विरोध गर्दै वीरगंज महानगरपालिकाले पनि कुनै पूर्व सूचना नदिएको आरोप लगाइन् । बिदाको दिन वडाध्यक्षले विपक्षीसंग घूस खाएर नगर प्रहरीहरु खटाएर जग्गामा निर्माण भएको भौतिक संरचना भत्काएको आरोप लगाइन् ।

 

सम्बन्धित पोस्टहरुः