पर्सा , कार्तिक १३ —
आफूलाई नेपाल प्रहरी बताउने सात जनाको टोली नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काको आदेश भन्दै उक्त टोली कार्यालय पुगेको हो ।
समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै टोलीले धरपकडको प्रयास गरेको बताइएको छ । अहिले उक्त टोली मैनालीलाई लिएर जाने भन्दै समाचार कक्षमै रहेको जनाइएको छ ।
यसअघि आजै सादा पोसाकमा प्रहरी भन्दै खटिएको टोलीले नेपाल प्रेसको कार्यालयमै प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो । सुवेदीलाई पछि प्रहरीले रिहा गरेको छ ।






