पर्सा , कार्तिक १३ —
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत पत्रकारहरू रिहा भएको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
उनले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।






