पर्साम पेस्तोल, गोली र छुरासहित दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)
पर्सा ,  कार्तिक १६ — 

पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठाबाट सशस्त्र प्रहरीले पेस्तोल, गोली र छुरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले स्थानीय चेकपोइन्टमा जाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार उनीहरूले बोकेको झोलाभित्र कपडाले लुकाइछिपाइ राखेको अवस्थामा एक थान डोमी पेस्तोल, ६ राउन्ड गोली र तीन थान छुरा फेला परेको थियो ।

टोलीले उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ हजार ४ सय, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल र विभिन्न औषधिसमेत बरामद गरेको छ ।

नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः