पर्साको आस्वारीबाट बालिका बेपत्ता, खोजीका लागि सहयोगको अपिल

1200x150_1200x150-01.jpg (1)

पर्सा, कार्तिक १७ –

पर्साको धोबिनी गाउँपालिका–२, आस्वारी टोलबाट अन्दाजी ९ वर्षीया एक बालिका बेपत्ता भएको भन्दै उनको खोजी तथा सकुशल उद्धारका लागि सहयोगको अपिल गरिएको छ ।

प्राप्त सूचनाअनुसार, स्थानीय हनुमान मन्दिरका पुजारीले पैसाको लोभ तथा प्रलोभन देखाएर बालिकालाई आफूसँग लगेको आरोप लगाइएको छ । त्यसपछि बालिका अज्ञात स्थानमा रहेको बताइए पनि उनको हालको अवस्था र स्थानबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

बालिकाको खोजीका लागि परिवार तथा स्थानीयवासीले सबैसँग सहयोगको आग्रह गरेका छन् । बालिकालाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी पाएमा तत्काल ९८२०२०९७५८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

घटनामा लगाइएको आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन । सम्बन्धित निकायबाट घटनाबारे आधिकारिक पुष्टि तथा अनुसन्धानको विवरण आउन बाँकी छ । बालिकाको सकुशल उद्धारका लागि आवश्यक पहल गर्न परिवारले आग्रह गरेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः