वीरगंजमा ७ लाख मूल्यका अवैध पटाका नष्ट

1200x150_1200x150-01.jpg (1)

पर्सा, कात्तिक १८ –

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानबाट बरामद गरेको करिब ७ लाख रुपैयाँ मूल्य बराबरका अवैध पटाका, अतिशबाजी तथा विस्फोटक पदार्थ नष्ट गरेको छ।

प्रहरीले मंगलबार बिहान कार्यालय परिसरमा खाल्डोमा पुरेर पानीसमेत हाल्दै ती सामग्री नष्ट गरेको जनाएको छ।

तिहार तथा छठ पर्वका बेला पटाका र विस्फोटक पदार्थको अवैध कारोबार तथा प्रयोग नियन्त्रण गर्न निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः