गृहमन्त्री गुरुङले लगाए नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न

1200x150_1200x150-01.jpg (1)

पर्सा , कात्तिक १८ –

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

गृह मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास थियो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। साथै, निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः