पर्सा , कार्तिक २० –
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले पेश गरेको रिटमा मन्त्रिपरिषद्को निर्णय बदर गर्न र नयाँ आईजीपी केसीलाई पदको हैसियतमा काम गर्न नदिन अन्तरिम आदेश माग गरिएको छ।
आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै कार्कीले केसीको बढुवा, पदस्थापन, पदबहाली तथा दर्ज्यानी चिह्न प्रदानलगायतका निर्णय बदर गर्न माग गरेका छन्।
रिटमाथिको सुनुवाइका लागि कात्तिक ३० गते पेशी तोकिएको छ।





