नेपालमा लगानी विस्तार गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , मङ्सिर ७ –

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा नयाँ लगानी गर्न तथा विद्यमान लगानी विस्तार गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँगै भारतको दुईदिने राजकीय भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघले आयोजना गरेको ‘भारत–नेपाल व्यापार गोलमेच’ कार्यक्रममा सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

उनले विशेषगरी सूचना प्रविधि, जलविद्युत् र सम्पर्क सञ्जालका क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आह्वान गरे।

नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार र प्रक्रियागत सरलीकरणलाई अघि बढाइरहेको जानकारी दिँदै वाग्लेले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि पहल भइरहेको बताए।

कार्यक्रममा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र भारतीय उद्योग परिसंघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।

सम्बन्धित पोस्टहरुः