पर्सा , मङ्सिर ६ –
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोटमार्फत संयुक्त रूपमा परियोजनाको उद्घाटन गरेका थिए।
यसैगरी, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनलको शिलान्यास गरिएको छ। करिब १२ अर्ब ४४ करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।
आयोजना पूरा भएपछि इन्धन ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घट्ने र नेपालको ऊर्जा सुरक्षा तथा पेट्रोलियम आपूर्ति प्रणाली थप सहज हुने अपेक्षा गरिएको छ।






