बाराको तामागढी जंगलमा सडेको अवस्थामा महिलाको शव फेला

1200x150_1200x150-01.jpg (1)

बारा, मंसिर ९ –

बाराको कोल्हवी नगरपालिका–२ स्थित तामागढी जंगलमा सडिगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

आज बुधबार दिउँसो करिब ४ बजे फेला परेको शवको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार मृतक महिला करिब २१ देखि २८ वर्ष उमेर समूहकी, अन्दाजी ५ फिट २ इन्च अग्ली छन्। उनले कालो जिन्स पाइन्ट, कालो बेल्ट, कालो सल र सेतो कुर्ता लगाएकी थिइन्।

शवको पहिचान खुलाउन प्रहरीले आफन्त तथा चिन्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ। प्रहरीले १००, ९८५५०४५१०१ र ९८५५०४८१०१ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः