वीरगंज, १० मंसिर । वीरगंज-११ मा एकजना युवक घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
सोही ठाउँका करीब २३ वर्षीय युवक राहुल महतो धानुक आफनै घरको सिलिङ पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएको परिवारजनले बताएका छन् ।
शम्भु महतो धानुक र बेदामी देवीको २३ वर्षीय छोरा राहुल झुन्डिएको अवस्थामा शव आज बिहान घरमा भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले आत्महत्या गरेको हो वा होइन सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







