पसलमा चोरी गरेको आरोपमा वीरगंजका एक युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मङ्सिर १० –

वीरगंज महानगरपालिका–६ हनुमान टोलस्थित निधि जनरल स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंसिर ९ गते राति करिब १० बजे पसलमा चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा वीरगंज महानगरपालिका–७ रामटोल निवासी २० वर्षीय सुनिल मलिकलाई पक्राउ गरेको हो।

प्रहरीले मलिकको घर खानतलासी गर्दा चोरी गरी लगिएको चाँदीजस्तो देखिने २५ थान सिक्का, तामाको एक थान कचौरा र पाँच सय रुपैयाँका दुई थान नेपाली नोट बरामद गरेको जनाएको छ।

पक्राउ परेका मलिकलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः