आयरल्यान्डले पहिलो पटक पाकिस्तान भ्रमण गर्ने

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर १० –

आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी जनवरीमा पहिलो पटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको तालिका सार्वजनिक गरेको छ।

तालिकाअनुसार पहिलो खेल जनवरी २०, दोस्रो जनवरी २२ र तेस्रो जनवरी २४ मा लाहोरस्थित गद्दाफी रङ्गशालामा हुनेछ।

त्यसअघि आयरल्यान्डले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेल खेल्नेछ। यसरी भ्रमणका क्रममा दुवै टोलीबीच कुल छ खेल हुनेछन्।

यसअघि सन् २०२५ मा तय भएको आयरल्यान्डको पाकिस्तान भ्रमण घरेलु अन्तर्राष्ट्रिय क्रिकेट सिजनका कारण स्थगित भएको थियो। यो भ्रमणलाई आयरल्यान्डले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको तयारीका रूपमा लिएको छ।

एकदिवसीय वरीयतामा पाकिस्तान चौथो र आयरल्यान्ड १३औँ स्थानमा छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः