वीरगंज शाखालाई १० हजार क्विन्टल धान खरिदको कोटा

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर १० –

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगंज शाखाले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयले शाखालाई सो परिमाणको धान खरिद गर्न कोटा उपलब्ध गराएपछि खरिद प्रक्रिया अघि बढाउन लागिएको हो।

शाखा प्रमुख पंकजकुमार झाका अनुसार मंसिर महिनाको अन्तिम सातादेखि धान खरिद सुरु गर्ने लक्ष्य राखिएको छ। यस वर्ष शाखाले किसानबाट सोना मन्सुली जातको धान खरिद गर्ने योजना बनाएको उनले जानकारी दिए।

सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकेको छ। यो मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल २ सय ३१ रुपैयाँ ६७ पैसाले बढी हो। गत वर्ष सोही धानको समर्थन मूल्य ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको थियो।

धान खरिद सुरु गर्नुअघि खरिद प्रक्रिया र किसान व्यवस्थापनलगायत विषयमा निर्णय गर्नुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठक बस्ने शाखा प्रमुख झाले बताए।

मधेश प्रदेशका अन्य जिल्लामा समेत खाद्य कम्पनीले हालसम्म धान खरिद सुरु नगरेकाले प्रदेशभर एकैसाथ खरिद प्रक्रिया थाल्ने तयारी भइरहेको उनको भनाइ छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः