मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, कानुनमन्त्री गौतम तेस्रो वरीयतामा

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर १० –

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम २०८२ चैत १३ गते गठन भएको मन्त्रीपरिषद्को वरीयता परिवर्तन गरिएको हो। नयाँ मर्यादाक्रम बिहीबारदेखि लागू भएको छ।

हेरफेरसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम मन्त्रीपरिषद्को तेस्रो वरीयतामा पुगेकी छन्। यसअघि गत भदौ २५ गते गरिएको मर्यादाक्रम हेरफेरमा उनी सातौँ स्थानमा थिइन्। त्यसबेला तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका थिए।

नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाहपछि दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा कानुनमन्त्री सोविता गौतम रहेका छन्। त्यसपछि क्रमशः परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साल रहेका छन्।

त्यस्तै, त्यसपछिको वरीयतामा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, प्रतिभा रावल, निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल रहेका छन्।

नयाँ सूचीको पछिल्लो क्रममा पर्यटनमन्त्री खडक राज पौडेल, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, उद्योगमन्त्री दिपककुमार साह र श्रममन्त्री रामजी यादव रहेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः