मिडियालाई समाचारको स्रोत खोल्न बाध्य पार्नु हुँदैन : एमाले अध्यक्ष ओली

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर १० –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन बाध्य पार्न नहुने बताएका छन्। उनले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारमाध्यम पनि जनताप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्।

राजधानीमा आज पत्रकार तथा सम्पादकहरूसँग भएको भेटघाटमा अध्यक्ष ओलीले न्युजरूमभित्र सरकार प्रवेश गर्ने अभ्यास पञ्चायतकालमा समेत नभएको भन्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

गत कात्तिक १३ गते प्रहरीले समाचारको स्रोत खोज्ने उद्देश्यले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको घटनालाई उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा उठाएका थिए। समाचारप्रति चित्त नबुझे त्यसको निरूपण गर्ने अधिकार प्रेस काउन्सिलमा हुँदाहुँदै सञ्चारमाध्यममा प्रहरी प्रवेश गराइएको भन्दै त्यसबेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न राजनीतिक दल, पत्रकारसम्बद्ध संघसंस्था र नागरिक समाजले समेत सरकारको विरोध गरेका थिए।

ओलीले समाचारको स्रोत खुलाउन बाध्य पार्नु प्रेसको अधिकारमाथिको हस्तक्षेप हुने बताए। यद्यपि सञ्चारमाध्यमले पनि झुटा समाचार प्रकाशन गर्न नहुने र पीत पत्रकारिताबाट टाढा रहेर जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो।

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै ओलीले राष्ट्रहितलाई केन्द्रमा राखेर संवाद हुन नसकेको आरोप लगाए। भ्रमणका क्रममा सत्तालाई केन्द्रमा राखेर कुराकानी भएको भन्दै उनले उपयुक्त समयमा राष्ट्रिय एजेन्डा अघि सारेर संवाद गर्नुपर्ने बताए। अहिले सबै विषयमा सहमति हुन नसके पनि सम्भव भएका काम अघि बढाउँदै बाँकी विषयमा सहमति खोजेर अगाडि बढ्न सकिने अवस्था रहेको उनको भनाइ थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः