काठमाडौं,१०मंसिर: काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ठमेलको स्नोलाइन होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल काठमाडौँको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम छन् । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
स्रोत नखुलेको रकम लुकाइछिपाइ राखेको विशेष सूचनाका आधारमा होटलमा छापा मारेर रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए ।
प्रहरीले उनिहरुकाे साथबाट ५० लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ । आरोपीहरूको साथबाट ४ हजार २१५ ओमन रियाल र ५५ अरब दिराम पनि बरामद गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।






